६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको फेला परेपछि श्रीराम ग्यास उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना

काठमाडौँ ।  ६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योग ३ लाख रुपैयाँ जरिवान तिराएको छ ।

विभाग र आयल निगमको टोलीले सोमबार गरेको अनुगमनमा उद्योगले ललितपुरको हरिसिद्धिमा ६ हजारभन्दा धेरै ग्यास सिलिन्डर लुकाएको पाइएको हो ।

साथै विभागले बडिमालिका खाद्यान्न भण्डारलाई  १५ हजार र दुवाडी स्टोर एण्ड मल्टी ट्रेडलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

अन्य १८ वटा खाद्य स्टोरलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ ।

652747937_2133764424025318_8768368134858852855_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *