सिन्धुलीको भिमानमा मंसिर ७ मा व्यापक प्रदर्शनको तयारी

सिन्धुलीको भिमानमा मंसिर ७ मा व्यापक प्रदर्शनको तयारी

सिन्धुली । राष्ट्र , राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउँ महाअभियानको पूर्व घोषित कार्यक्रम अनुसार मंसिर ७ गतेदेखि देशव्यापी विरोध प्रदर्शन हुने भएको छ । महाअभियानको जनकपुर अंचल संयोजक विजय थापाले मंसिर ७ गते सिन्धुलीको भीमानमा व्यापक ठूलो प्रदर्शन गर्ने जानकारी दिए ।

महाअभियानका अंचल संयोजक थापा अनुसार मङ्सिर ७– जनताको साथ महाअभियानले अन्तिम धक्का स्वरुप आन्दोलन गर्न लागेको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको रक्षा र नागरिक अधिकारको सुनिश्चितताको लागि निर्णायक आन्दोलनको विकल्प नभएको अभियन्ता थापाले बताए ।

स्मरणीय छ दुर्गा प्रसाई नेतृत्वको महाअभियानले बीस लाख मुनिका ऋण मिनाहा,कालोसूची फुकुवा,बैंक, मिटरब्याज र सुकुम्बासी समस्या समाधान गरी आर्थिक–वित्तीय शोषण र उत्पीडनको अन्त्य लगायतका माग राखी मंसिर ७ देखि निर्णायक आन्दोलनको उदघोष गरिसकेको छ ।

महाअभियानले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्दै जनसत्तामूलक शासन स्थापना गर्नुपर्ने माग पनि अघि सारेको छ ।
म्हाअभियानका अभियन्ता थापाले हिन्दू अधिराज्यको स्थापना गरी हाम्रो पहिचान, परम्परा र संस्कृतिको संरक्षणका लागि आन्दोलनमा व्यापक जनसमर्थन रहने विश्वास पनि व्यक्त गरे । उनले सेना परिचालन गर्न पनि सरकारलाई चुनौति दिएका छन ।

म्हाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईलाई भने सरकारले सोमवार मध्यरातमा नै पक्राउ गरेको छ । यस्तै प्रसाईलाई भेटन गएका समर्थकहरु प्नि प्रहरी नियन्त्रणमा छन । कडा सरकारी धरपकड र संयोजक प्रसाईको गिरफ्तारीका वीच समर्थकहरुले भने मंसिर ७ देखि निर्णायक आन्दोलन अघि बढाउने दाबी गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *