प्रधानमन्त्री कार्की र दलहरूबीचको छलफल बालुवाटारमा जारी

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दलका नेताहरुको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको आगामी फागुन २१ गतेको लागि तय गरिएको निर्वाचनको तयारीको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज पहिलोपटक राजनीतिक दलका प्रतिनिधिहरुसँग बालुवाटारमा सम्वाद थालेकी हुन्।

बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री डा। मदन परियार सहभागी छन्। यस्तै प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालको पनि सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका नेताद्धय गगन थापा र प्रकाशशरण महत, एमालेका नेताद्धय शंकर पोखरेल र प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेताद्वय वर्षमान पुन र पम्फा भुसाल, नेकपा (एकीकृत समाजवादी) का नेताद्धय राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, रास्वपाका नेताद्धय स्वर्णिम वाग्ले र सोविता गौतमको सहभागिता छ।

बैठकमा राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल, रेशम चौधरी, नेमकिपाबाट प्रेम सुवाल र जनमतबाट चन्दन सिंह सहभागी रहेको बालुवाटारले जनाएको छ । यस्तै, बैठकमा पर्यवेक्षकको रुपमा प्रा.डा. केदारभक्त माथेमा र विद्याधर मल्लिकको पनि सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *