दक्षिणकालीमा कार दुर्घटना: चालकको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट ५०० मिटर तल खसेको हो । कारका चालक काठमाडौं महानगरपालिका-७ का ३४ वर्षीय सुरज खड्काको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *