असन्तुष्ट नेताहरूसँग छलफल गर्ने जिम्मेवारी गगन थापालाई

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका असन्तुष्ट नेताहरूसँग छलफल गर्ने भएका छन्।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले पार्टीभित्र असन्तुष्ट नेताहरूसँग संवाद गर्ने जिम्मेवारी सभापति थापालाई दिएको हो।

कांग्रेस पन्ध्रौं महाधिवेशनको तयारीमा रहेकाले महाधिवेशन गराउनेगरी असन्तुष्ट रहेका सबै पक्षसँग छलफल गर्ने जिम्मेवारी कांग्रेसले थापालाई दिएको उनले पबताए।

‘जो जिम्मेवारीमा छ, जो संस्थापन हो उसैको जिम्मेवारी सबैलाई मिलाएर अघि बढ्ने हो। पार्टीका पूराना अग्रज नेता, पूराना पदाधिकारीसँग संवाद गर्ने र पन्ध्रौं महाधिवेशन समयमै सम्पन्न गर्नका लागि समन्वय गर्नका लागि पार्टी सभापति थापालाई जिम्मेवारी दिएका छौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *