राप्रपाभित्रकाे विवाद उत्कर्षमा: ’३ बुँदे मागसहित लिङ्देनविरुद्ध मोर्चाबन्दी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा पक्षले आज काठमाडौंमा छुट्टै भेला गरेका छन्।

भेलाले निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह गरेको छ। लिङ्देन २०७८ मा भएको महाधिवेशनमा कमल थापालाई हराउँदै अध्यक्ष भएका थिए।

महामन्त्री राणासहितले आज अध्यक्ष लिङ्देनलाई पत्र लेखेर एक सातााभित्रै महाधिवेशन मिति तय गर्न आग्रह गरेको हो।

उनीहरूले सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेका छन्।

मंसिर ११ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सबै कार्यसमितिको म्याद ६ महिना थपेको थियो।

उक्त म्याद सकिन दुई महिना बाँकी छँदा राप्रपाभित्र महाधिवेशन मिति तत्काल तोक्न माग भएको हो ।

प्रतिनिधि सभामा ५ सांसद रहेको राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिएपछी थप विवाद उत्पन्न भएको हो । सांसद सरस्वती लामा उम्मेदवार बनेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *