हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्। उनले आइतबार जुम्लाको गुठिचौर गाउँपालिका-१ मणिसाँघुमा हिमानी ट्रष्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर) को शिलान्यास गरेकी हुन्।
पूर्वयुवराज्ञी हिमानीसँगै पूर्वनवयुवराज हृदयेन्द्र पनि जुम्ला पुगेका छन्। उनीहरू शनिबार जुम्ला पुगेका थिए। शिलान्यास कार्यक्रममा बोल्दै राप्रपाका प्रमुख सचेत तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले पूर्वयुवराज्ञी हिमानी र र पूर्वनवयुवराज हृदयेन्द्रले जुम्लामा उदाहरणीय काम गरेको बताए।
त्यस्तै, गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पूर्वराजपरिवारप्रति धन्यवाद व्यक्त गरे। गुठिचैर-१ का वडाध्यक्ष अजुन महताराले बर्थिङ सेन्टरले गाउँघरका महिलालाई सहज हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *