भारत-पाकिस्तानबीच तनाव चुलिएका बेला नेपालले भारतसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार पहिलाभन्दा निगरानी बढाइनुका साथै शङ्का लागेका व्यक्तिहरूको परिचयपत्र मागेर सोधपुछ गर्ने गरिएको छ।
बीबीसीसँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने, “लामो खुला सीमा छ। त्यो खुला सीमाको दुरुपयोग नहोस् र त्यसमा अवाञ्छित आवागमन नहोस् भन्ने कुरामा सरकार पूरा सचेत छ र त्यसअनुसार निगरानी र चेकजाँच गर्ने काम भइरहेको छ।”
हाम्रा संवाददाताहरूका अनुसार भारतले पनि नेपालसँग सीमा जोडिएका क्षेत्रहरूमा पहिलाको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको देखिएको छ।