तीनकुने हिंसात्मक घटनापछि पक्राउ परेका ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा

काठमाडौं । गत चैत १५ गते राजावादी समूहरुको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेकाहरुमध्ये ६ जनाले प्रहरी हिरासतबाटै कक्षा १२ को परीक्षा दिएका छन् । प्रहरी हिरासतबाटै परीक्षा दिनेहरुमा धादिङका सरोज थापा, सिन्धुपाल्चोकका दावा शेर्पा, नुवाकोटका सिमन घले, स्याङ्जाका सौगातकुमार बिक, सिराहाका दिनेश महतो, र अमन साकिन रहेका छन् । साकिन भने भारतीय नागरिक हुन् । मातहतको प्रहरी बृत्तमा थुनामा रहेका परीक्षार्थीहरुलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याएर परीक्षामा सहभागी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *