गाजाको चर्चमा भएको विष्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजा पट्टीको चर्चमा भएको इजरायली बम विष्फोटको कडा निन्दा गर्दै यसलाई सर्वसाधारणको नसंहारको रूपमा वर्णन गरेका छन् ।

नियमित पत्रकार सम्मेलनका क्रममा राष्ट्रसङ्घका प्रवक्ताले भने, गुटेर्रेसले पूजा स्थलहरूलाई लक्षित गरी गरेको आक्रमण अस्वीकार्य भएको कुरामा जोड दिदै आश्रय खोज्ने नागरिकलाई सम्मान र सुरक्षा गर्न र सैन्य शक्तीको दुरुपयोग नगर्न आग्रह गरेका छन् ।

महासचिवले तत्काल युद्धविराम र सबै बन्धकहरूको बिना शर्त तत्काल रिहाइको आवश्यकतामा जोड दिदै सबै पक्षलाई नागरिकहरूको रक्षा गर्ने आफ्नो दायित्वको पूर्ण पालना गर्न र पट्टीमा मानवीय सहायताको पहुँच दिन आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *