धितोपत्र बोर्ड अध्यक्षका लागि ४७ जनाले दिए आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म ४७ जनाको आवेदन परेको हो ।

सेबोनको अध्यक्षका लागि सिफारिस गर्न गठित समितिले वैशाख १५ गते सूचना जारी गर्दै ७ दिन भित्र योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको थियो ।

धितोपत्र बोर्डको अध्यक्षका लागि धितोपत्र सम्बन्धी ऐन अनुसार नेपाली नागरिक भएको, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघे, उच्च नैतिक चरित्र भएको तथा धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष पेशागत अनुभव हासिल गरेको हुनुपर्नेछ ।

आवेदन परेकामध्येबाट सिफारिस समितिले तीन जनाको नाम मन्त्रीपरिषद्मा पठाउनेछ । जसमध्येबाट सरकारले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *