काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार तीन जिल्ला सभापति सहित १२ जना नेता/कार्यकर्तालाई स्पष्टीकरण सोधेको छ।
कांग्रेस अनुशासन समिति स्रोतले दिएको जानकारी अनुसार गएको फागुन २१ को निर्वाचनमा पार्टीका उम्मेदवारहरूको पक्षमा सक्रिय नभएको, पार्टी हित विपरीत काम गरेको भन्ने जिल्ला तहबाट आएको उजुरीका आधारमा उनीहरूलाई स्पष्टीकरण सोधिएको हो।
अनुशासन समितिका एक सदस्यले दिएको जानकारी अनुसार कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादव, मुगुका सभापति ऐनबहादुर शाही र रूकुम पश्चिमका सभापति प्रेमप्रकाश वली सहित १२ जनालाई स्पष्टीकरण सोधिएको जनाएको छ।
उनीहरू तीनै जना पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरू हुन्।
