खेलकुद मन्त्रीलाई राखेप पूर्व सदस्य-सचिव लामाकाे खुल्ला पत्र

माननीय शिक्षा तथा खेलकुद मन्त्रीज्यू, नमस्कार

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई समयसापेक्ष तथा वैज्ञानिक ढङ्गले परिमार्जन गर्न आवश्यक छ, जसले आगामी खेलकुद विकासका आवश्यकताहरू सम्बोधन गर्न सकोस् (समय समयमा हुने विवादको अन्त्य गर्न मतदान होस्)

१. नेपाल खेलकुद पिरामिड सिस्टम संरचना (परिमार्जित रूप)

१.१ ग्रासरुट्स तह (Grassroots Level) स्थानीय खेलकुद क्लबहरू विद्यालय खेलकुद कार्यक्रमहरू पालिका स्तरीय खेलकुद क्लबहरू उद्देश्य: आधारभूत प्रतिभा पहिचान, विकास र प्रारम्भिक प्रशिक्षण

१.२ जिल्ला / प्रदेश संरचना जिल्ला खेलकुद संघहरू प्रदेश खेलकुद महासंघहरू उद्देश्य: ग्रासरुट्सबाट आएका खेलाडीहरूको छनोट, प्रशिक्षण तथा प्रतिस्पर्धा व्यवस्थापन

१.३ राष्ट्रिय महासंघहरू प्रत्येक खेलका छुट्टाछुट्टै राष्ट्रिय महासंघहरू आदि उद्देश्य: राष्ट्रिय प्रतियोगिता सञ्चालन, खेलाडी छनोट र दीर्घकालीन खेल विकास

१.४ राष्ट्रिय ओलम्पिक समिति राष्ट्रिय खेलाडीहरूको अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्ने निकाय अन्तर्राष्ट्रिय समन्वय तथा तयारी उद्देश्य: ओलम्पिक, एसियन र दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्ने

२. राष्ट्रिय खेलकुद परिषद् (शक्तिशाली केन्द्र १७ सदस्यीय संरचना)

२.१ नेतृत्व अध्यक्ष: शिक्षा तथा खेलकुद मन्त्री उपाध्यक्ष: राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष (Elected)

२.२ सरकारी तथा प्रशासनिक प्रतिनिधि सदस्य: शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव

२.३ शैक्षिक तथा प्राविधिक क्षेत्र त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान संकायका प्रतिनिधि (खेलकुद विज्ञान विशेषज्ञ) सदस्य: विद्यालय संगठन (PABSON/NPABSON) बाट मनोनित प्रतिनिधि

२.४ खेलकुद क्षेत्र सदस्य: वरिष्ठ प्रशिक्षक (Sports Coach / Expert) सदस्य: पूर्व अन्तर्राष्ट्रिय खेलाडी

२.५ प्रदेश प्रतिनिधित्व सदस्य: सातै प्रदेशका खेलकुद परिषद्का प्रमुखहरू (१–१ जना)

२.६ सुरक्षा निकाय खेलकुद क्लब प्रतिनिधि सदस्य: राष्ट्रिय सुरक्षा निकाय अन्तर्गतका क्लबहरू (NAC, NPC, APF) बाट प्रतिनिधिहरू

२.७ केन्द्रीय परिषदमा CEO नियुक्त गर्ने व्यवस्था

क. सदस्य–सचिवको स्थानमा खेलकुद क्षेत्रको अनुभवी, खेलकुद व्यवस्थापन तालिम प्राप्त तथा राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्राप्त व्यक्ति वा खेलकुद विज्ञान अध्ययन गरेका व्यक्ति वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका खेलाडी/प्रशिक्षकलाई CEO का रूपमा नियुक्त गर्ने।

ख. CEO को कार्यकाल चार वर्षको हुने व्यवस्था गर्ने।

ग. परिषद्ले आवश्यक ठानेमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुनर्नियुक्ति गर्न सक्ने व्यवस्था रहने।

घ. आवश्यकता परेमा कार्यकाल पूरा हुनुअघि नै CEO परिवर्तन गर्न सकिने अधिकार परिषद्को रहने।

३. प्रदेश तथा जिल्लास्तरीय खेलकुद संरचना केन्द्रीय खेलकुद परिषद्को नीति तथा मापदण्ड अनुसार आफ्नो संगठनात्मक संरचना निर्धारण गर्नेछ। सो अनुसार प्रदेश स्तरमा अधिकतम ११ जना पदाधिकारी र जिल्ला स्तरमा अधिकतम ७ जना पदाधिकारी रहने व्यवस्था गर्न सकिनेछ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले आवश्यकताअनुसार ९ देखि ५ सदस्यीय खेलकुद विकास समिति गठन गर्न सक्नेछन् (उक्त पदाधिकारीहरू खेलकुद क्षेत्रसँग सम्बन्धित हुनुपर्नेछ)।

४. केन्द्रीय परिषद्को काम, कर्तव्य र अधिकार (Scope of Work)

४.१ राष्ट्रिय खेलकुद नीति निर्माण

४.२ पूर्वाधार विकास योजना तथा कार्यान्वयन

४.३ मेरिट आधारित आर्थिक अनुदान वितरण

४.४ खेल महासंघहरूको अनुगमन र मूल्याङ्कन

४.५ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहजीकरण

४.६ खेलाडी पुरस्कार तथा प्रोत्साहन व्यवस्था

४.७ राष्ट्रिय टिम तयारी व्यवस्थापन

४.८ खेलकुद प्रशासनलाई स्थायी र पेशागत बनाउने

४.९ विद्यालय तहमा खेलकुद प्रशिक्षक अनिवार्य गर्ने पहल

४.१० खेलाडी डेटा र राष्ट्रिय रेकर्ड प्रणाली विकास गर्ने

४.११ पारदर्शी छनोट प्रणाली लागू गर्ने

४.१२ डोपिङ नियन्त्रण तथा अनुशासन व्यवस्था

४.१३ खेलकुद अनुसन्धान र विज्ञान प्रवर्द्धन

४.१४ निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारी विस्तार

४.१५ ग्रामीण तथा दुर्गम क्षेत्रमा खेलकुद पहुँच विस्तार

४.१६ खेल संघ/महासंघको स्वायत्तता तथा अनुशासन व्यवस्था

५. राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय चक्रअनुसार प्रतियोगिता आयोजना

५.१ प्रत्येक चार वर्षमा एशियाली खेलकुदभन्दा ७ देखि ८ महिना अघि राष्ट्रिय खेलकुद आयोजना ५.२ वार्षिक राष्ट्रपती च्याम्पियनसिप ५.३ वार्षिक राष्ट्रिय च्याम्पियनसिप प्रणाली ५.४ द्विवार्षिक अन्तर्राष्ट्रिय खेलकुद च्याम्पियनसिप

६. खेल वर्गीकरण तथा राज्यको लगानीको आधार

६.१ कम्तीमा ३५ भन्दा बढी जिल्लामा खेलिने खेलहरू

६.२ कम्तीमा २० जिल्लामा खेलिने खेलहरू

६.३ करिब १० जिल्लामा खेलिने खेलहरू

६.४ अन्तर्राष्ट्रिय पदक सम्भावना भएका खेलहरू

६.५ Team sports तथा अन्तर्राष्ट्रिय सहयोग प्राप्त खेलहरू

६.६ राज्यले प्राथमिकता दिनुपर्ने रणनीतिक खेलहरू सुझाव तथा प्रस्तावक

युवराज लामा

पूर्व सदस्य सचिव (राखेप)

अध्यक्ष: नेपाल कराते महासंघ

थप यो पनिः

तपस्या देखि मैत्रीमार्ग सम्म: रामबहादुर बम्जन (मैत्रीनाथ) को जीवन, विवाद र दर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *