अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प : आइआरजिसी

अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प रहेको इरानको सेना ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)’ ले आइतबार जनाएको छ।

आइआरजिसीको गुप्तचर एकाईले अब अमेरिकाले निर्णय लिने दायरा निकै कम भएको दाबी गरेको छ।

सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ट्रम्पले अब इस्लामिक गणतन्त्र इरानसँग ‘असम्भव सैन्य अभियान’ वा ‘खराब सम्झौता’ मध्ये एक रोज्नुपर्ने बताएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न समयसीमा तोकेको थियो, यद्यपि मिति भने खुलाइएको छैन।

आईआरजीसीका अनुसार वासिङटनविरूद्ध चीन, रुस र युरोपको अडानमा पनि परिवर्तन आएको छ । “यी सबै घटनाक्रमलाई मध्यनजर गर्दै अब अमेरिकासँग निर्णय लिनका लागि धेरै सीमित र कठिन विकल्पहरू छन्,” रिभोलुसनरी गाड्र्सले दावी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *