काठमाडौँ । सरकारले सुकुमवासी बस्तीबाट विस्थापित परिवारको विवरण संकलन कार्यलाई तिव्र गतिमा बढाएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुकुमबासी परिवारको विवरण सङ्कलन कार्य भइरहेको हो ।
काठमाडौंका विभिन्न क्षेत्रबाट सुकुमबासी बस्ती हटाइएपछि मर्कामा परेका प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने क्रममा हालसम्म ३ हजार १ सय ११ परिवारले आफ्नो नाम दर्ता गराइको विवरण संकलनमा खटिएका एक कर्मचारीले बताए ।
बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा वैशाख १२ गतेदेखि रङ्गशालामै शिविर खडा गरेर यो काम सुरु गरेका हुन्। रङ्गशालाभित्र छुट्टाछुट्टै डेस्क स्थापना गरी प्रभावित परिवारलाई फारम भराउने र आवश्यक कागजात तथा विवरण सङ्कलन गर्ने काम निरन्तर जारी छ।
