बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

मकवानपुर । बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो ।

गत चैत २३ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

बागमती सरकारले २०८० वैशाख २४ गते प्रदेश सरकारी काम काजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै उक्त दिनलाई भाषा दिवस मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *