देशका विभिन्न स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ।

मुगुको मुगूम कार्मारोङ गाउँपालिका-६ बस्ने ४१ वर्षीया तोमा लामा सोही गाउँपालिका-६ रिउसा बगरस्थित मुगु कर्णाली नदीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

बर्दियाको बाँसगढी नगरपालिका-८ भैसासुर बस्ने ४० वर्षीय पिताम्बर राजी सोही ठाउँस्थित सडक छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

रूपन्देहीको मायादेवी गाउँपालिका-६ बेथरीस्थित सार्वजनिक प्रतिक्षालयमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।

सिराहाको लहान नगरपालिका-११ कटहा बस्ने २७ वर्षीय अशोक यादव सोही नगरपालिका-८ स्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *