इरानले भन्याे– अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी छ

इरानले बुधबार सप्ताहन्तमा असफल वार्ता भएपछि पाकिस्तान हुँदै अमेरिकासँगको आदानप्रदानलाई निरन्तरता दिइएको बताएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने, “आइतबारदेखि इरानी प्रतिनिधिमण्डल तेहरान फर्केपछि पाकिस्तानमार्फत कैयौँ सन्देशहरू आदानप्रदान भएका छन्।”

उनले भने, “आज हामीले इस्लामाबादमा हुने छलफलको निरन्तरताका रूपमा पाकिस्तानी प्रतिनिधिमण्डललाई स्वागत गर्ने सम्भावना छ।”

केही दिनअघि घोषणा गरिएको दुई हप्ताको युद्धविरामको पृष्ठभूमिमा सप्ताहन्तमा अमेरिका–इरान वार्ता भएको थियो तर उनीहरूले युद्ध अन्त्यका लागि कुनै सम्झौता गर्न असफल भएका थिए।

करिब २१ घण्टा चलेको वार्तामा उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल र संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी पक्ष सहभागी भएको थियो ।

त्यसबेला मुख्य मुख्य बिन्दुहरू आधिकारिक रूपमा खुलासा गरिएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ नखोलेकोमा आलोचना गरिएको र इरानले आफ्नो परमाणु कार्यक्रमको विषयमा स्वीकार गर्न अस्वीकार गरेको बताए।

त्यसपछि समाचार रिपोर्टहरूमा भनिएको छ, “वाशिङ्गटनले इरानको युरेनियम संवर्द्धनमा २० वर्षको लागि राक्न माग गरेको थियो भने इरानले यसको बदलामा आफ्नो परमाणु गतिविधि पाँच वर्षका लागि स्थगित गर्ने प्रस्ताव गरेको थियो । प्रस्ताव अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका थिए।”

बुधबार बकाईले वार्ताका क्रममा अमेरिकाले गरेका केही मागहरू ‘अनुचित र अव्यवहारिक’ भएको बताउनुभएको छ। उहाँले इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारमा जोड दिँदै यसलाई ‘दबाब वा युद्धको माध्यमबाट खोस्न सकिँदैन’ भने।

उनले भने, “संवद्र्र्धनको स्तर ‘परक्राम्य’ छ र इरानले आफ्नो आवश्यकता अनुसार संवद्र्धन जारी राख्न सक्षम हुनुपर्दछ ।” बकाईले सोमबारदेखि इरानी बन्दरगाहमा अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीको आलोचना गर्दै यो सफल नहुने बताए।

उहाँले इरानले अमेरिकी सर्त स्वीकार गर्न कुनै पनि वार्तामा प्रवेश नगर्ने बताए।

इरान युद्धविरामको म्याद नथपिने

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसँगको युद्धविरामलाई लम्ब्याउने सैद्धान्तिक सहमति जनाएको खबर आएपछि संयुक्तराज्य अमेरिका इरानसँगको युद्धविरामलाई दुई हप्ता लम्ब्याउने विषयमा औपचारिक रुपमा सहमत नभएको एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन्।

नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले एएफपीसँग भने, “युद्धविराम लम्ब्याउने विषयमा अमेरिका औपचारिक रुपमा सहमत भएको छैन तर यो अवधिमा अमेरिका र इरानबीच सम्झौताका लागि निरन्तर वार्ता भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *