अमेरिका र इरानबीच हुने वार्ता टोलीमा को-को छन् सहभागी ?

काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादमा आज अमेरिका र इरानबीच वार्ता हुँदैछ । पाकिस्तानको मध्यस्थतामा ती दुई देशबीच वार्ता हुन लागेको हो । वार्ता सुरु हुनुअघि पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले यो प्रक्रियालाई स्थायी युद्धविरामतर्फ ‘कठिन कदम’ भनेर वर्णन गरेका छन्।

इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल शुक्रबार मध्यरातमा इस्लामावाद आइसकेको छ। नूर खान विमानस्थलमा इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानी उपविदेशमन्त्री इशाक दार र फिल्ड मार्शल असिम मुनीरले स्वागत गरेका थिए।

अमेरिकी वार्ता टोलीको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। भान्स नेतृत्वको प्रतिनिधिमण्डल पनि शनिबार इस्लामावाद आइपुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि उपराष्ट्रपति भान्सको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल पठाएका छन् ।

प्रतिनिधिमण्डलमा ट्रम्पका मध्यपूर्व दूत स्टिव विटकफ र जारेड कुशनर सहभागी छन् । इरानले सभामुख गालिबाफसँगै विदेशमन्त्री अब्बास अराघचीलाई वार्ताका लागि इस्लामावाद पठाएको छ। अमेरिका र इरानबिच वार्ता सुरु हुन लागे पनि दुई देशबिच विश्वासको कमी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *