काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन स्थगित गरेका हुन्।
राष्ट्रपति पौडेलले सरकारको सिफारिस अनुसार नै संसद् अधिवेशन स्थगनको निर्णय गरेको बताइएको छ।
यससअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
