भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली । भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)को विज्ञप्ति अनुसार तमिलनाडु राज्यको मदुराईका जिल्ला न्यायाधीशले मङ्गलबार व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा अधिकारीहरूलाई दोषी गरेका थिए ।

जेल जीवन बिताइरहेका उनीहरुलाई प्रहरी अधिकारीहरूले क्रूर यातना दिएर हत्या गरेको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार मोबाइल पसल चलाउने उनीहरूलाई कोभिड–१९ महामारीको समयमा लकडाउनका क्रममा अनुमति दिइएको समयभन्दा बढी समय आफ्नो पसल खुला राखेको आरोपमा पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *