कसैलाई सुविधा दिन नभई सुधार गर्न अध्यादेश ल्याइएको हो : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारले केही कानुन बनाउन अध्यादेश ल्याएकाे बताएको छ।

विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेशको विरोध गरिरहेका बेला बुधबार सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले अध्यादेशका बारेमा पार्टीको धारणा राखेका हुन्।

त्यसक्रममा सभापति लामिछानेले विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पूरा गर्न नसक्ने बताए।

‘पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो’, लामिछानेले भने, ‘अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन हैन, यो आवश्यक सुधारको लागि हो। यो कदम कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *