काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ ।
अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वराराज पौडेलले रातोपाटीलाई बताए ।
बलात्कार सम्बन्धी कसुरमा जाहेरी नआएपछि प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा म्याद लिएर हिरासतमा राखेको हो । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेबाट बलात्कृत भएको भन्दै सामाजिक सञ्जाल (फेसबुक)मा लेखेकी थिइन् ।
सो स्ट्याटसपछि बलेले पीडित युवतीको परिवारलाई अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘बलात्कारको जाहेरी आएको छैन ।’
