लुम्बिनी प्रदेशसभाको अधिवेशन आजदेखि

काठमाडौं । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदै छ।

प्रदेश सभा सचिवालयले गत वैशाख १३ गते आइतबार जारी गरेको सूचना अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा ९१० र धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार आज दिउँसो १ बजे आठौं अधिवेशन बस्ने भएको छ। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम ९१० बमोजिम प्रदेश सभा सदस्यहरुलाई अधिवेशन बारे जानकारी गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *