मधेश र लुम्बिनी प्रदेशका सांसदसँग गृहमन्त्रीको छलफल : सीमापार तस्करी नियन्त्रणमा जोड

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सांसदहरुसँग छलफल गरेका छन्।

शुक्रबार गृह मन्त्रालयमा उनीहरुबिच सीमापार तस्करी नियन्त्रणसम्बन्धी विषयमा छलफल भएको छ। छलफलमा सांसदहरुले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन्।

सांसदहरुले विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने, भन्सार दर पुनरावलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्ने लगायतका सुझाव दिएका छन्।

छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित सवालहरु गृह मन्त्रालयले कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गरी समाधान गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *