काठमाडौं । पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियर नेपालको तीनदिने भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छिन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन् । उनी भारतको नयाँदिल्ली हुँदै ३ बजेर ४० मिनेटमा काठमाडौं आइपुग्ने बताइएको छ।
नेपाल भ्रमणका क्रममा उनले भोली विहिबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । भोली नै उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यी भेटघाटहरूको क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्धको स्थितिको समीक्षा गर्नेछन् ।
