काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय संख्या विस्तार गरिएको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव गर्दै सचिवालय संख्या विस्तार गरेको हो।
प्रवक्ता मनिष झाका अनुसार सभापति रवि लामिछानेले ढकाल र ज्ञवालीलाई सचिवालय सदस्यमा राख्ने प्रस्ताव गरेका थिए।
उक्त प्रस्ताव बैठकबाट पारित भएको प्रवक्ता झाले जानकारी दिएका छन्।
बैठकले संघीय नेतृत्व मञ्चमा पनि सदस्यहरू मनोनीत गरेको छ । मञ्चमा तुलसीप्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरीलाई मनोनीत गरेको हो।
यस्तै केन्द्रीय सल्लाहकार परिषदमा जीवन प्रभा लामा, मोती प्रसाद पंगाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मालाई मनोनयन गरेको प्रवक्ता झाले बताए ।
