क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ।

बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्येतामा ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको हो।

‘१५ औँ महाधिवेशन कालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिस्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने, नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क सहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा वैशाख १६ गतेदेखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो,’ निर्णयमा उल्लेख छ।

बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको मितिदेखि डिजिटल प्रणाली खुला गर्ने निर्णय गरेको छ। अनलाइन सदस्यता खुला गरेको जानकारी नेपाली कांग्रेसको वेबसाइटमा राखिनेछ जनाएको छ।

नेपाली नागरिकता भएका व्यक्तिकालागि जनसम्पर्क समिति सदस्यता र कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकले अन्यको हकमा नेपाली कांग्रेसको विधान २०१७ ९एघारौं संसोधन सहित० बमोजिम व्यवस्था गरिएको जनाएको छ।

विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरूको हकमा नेपाली कांग्रेसको डिजिटल प्रणालीमा क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि जिल्ला र क्षेत्र केन्द्रीय प्रतिनिधि वडा कार्यसमितिले आफूमध्येबाट तोकेको व्यक्तिमार्फत अद्यावधिक गराउन सकिनेछ भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *