काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।बिहीबार भएको उपसभामुखको उम्मेदवारमा श्रम संस्कृतिबाट रुवीकुमारी उम्मेदवार बनेकी छन् ।
उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । कांग्रेसका एक शीर्ष नेताका अनुसार श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुवीकुमारीलाई पार्टीले समर्थन गर्ने भएको छ । श्रम संस्कृतिको उम्मेदवार रुबीकुमारलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्ने भएको छ । सभामुख र उपसभामुख फरक दल र लिङ्ग हुनुपर्ने व्यवस्था छ ।
