काठमाडौं । सरकारले संसद छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरू छलफलमा जुट्न लागेका छन्।
हिजो कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको विपक्षी दलहरुको बैठक आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्ने तय भएको छ ।
बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी हुँदैछन् । सरकारले एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि विपक्षी दलहरू साझा धारणा बनाउन सक्रिय भएका छन् ।
आजको बैठकमा पनि सरकारले ल्याएका अध्यादेशबारे छलफल हुने नेताहरुले बताएका छन् । आज सरकारले सिफारिस गरेका अध्यादेशबारे छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविद्हरूसँग छलफल गर्दैछन् ।
