कामदार मागपत्र प्रमाणीकरण कार्य स्थगित

काठमाडौँ । इजरायल–अमेरिका र इरान युद्धका कारण नागरिक सुरक्षालाई केन्द्रमा राख्दै सरकारले मध्यपूर्वी देशहरूमा मागपत्र प्रमाणीकरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ।

युद्धबाट प्रभावित हुने निश्चित देशहरूका लागि सरकारले कामदार पठाउन रोक लगाएको हो । परराष्ट्र मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृतबहादुर राईले इजरायल, अमेरिका र इरान तीन देशबाट नेपालका लागि आउने कामदारहरूको मागपत्र प्रमाणीकरण रोकेको जानकारी दिए।

साथै, युद्धग्रस्त देशमा नेपाली नागरिकको सुरक्षामा ध्यान दिँदै वैदेशिक रोजगार विभागलेसमेत श्रम स्वीकृति रोक लगाएको थियो भने अध्ययनका लागि जान एनओसी जारी गर्न पनि प्रतिबन्ध लगाएको छ । सचिव राईको संयोजकत्वमा रहेको उच्चस्तरीय इमर्जेन्सी रेस्पोन्स टिम(इआरटी)ले फागुन २० गते बसेको बैठकले मागपत्र प्रमाणीकरण नगर्न निर्देशन दिने निर्णय गरेको थियो।

सोही निर्णयबमोजिम खाडी मुलुकमा रहेका नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य अर्को सूचना अनाएसम्म स्थगन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *