वीरबल थापा ।
कसको रिसले कसको काखमा के फेरेको भने जस्तै नेपाली राजनीतिक रंग मन्चमा जुन नौटंकी मंचन भएको छ यसले कसैलाई फाइदा गर्दैन जस्तो लागेको छ ! राजनीतिक नेतृत्व र पार्टीहरुमा इमानदारिता र नैतिकतामा ह्रास देखिएको छ ! कसलाई के धन्दा , के धन्दा ; घर ज्वाईंलाई खानको धन्दा भने जस्तै एक थरीलाई ! पद र कुर्सी मात्रै ! जनता र देश को उन्नति ,प्रगति र समृद्धि प्रति गम्भीर बन्ने कुरा त परै जाओस् ! नेता ,नीति र नेतृत्व देश र जनता प्रति उत्तरदायी हुनुपर्नेमा तेसो नभई बिचौलिया , दलाल र तस्करहरु प्रति उत्तरदायी र ईमानदार भएको र हुनुपर्ने जुन विडम्बना देखिन्छ त्यसले नेपाली जनता प्रति न्याय गरेको छैन !
सरकार र राज्यकै नीतिका कारणले दलाल पुंजीवादले जरा गाडेको छ । नव उदारवादी आर्थिक नीतिकै कारणले देशमा भएका कल कारखाना , उद्योग धन्दा चौपट भएका छन् । खै हिजो आफू संग भएका कलकारखाना ,उध्योग धन्दा राज्यले किन थाम्न सकेन र कौडी को भाउमा बेच्यो? कति रोजगारी दिन सक्यो ?
दलाल पुँजीवादले कुनै पनि देशमा राष्ट्रिय उद्योग धन्दा र कलकारखाना बिकास हुन दिँदैन तब कसरी रोजगारीको बिकास हुन सक्छ ? दलाल पुँजीपती हरु त्यसको तगारो हुन् । उनीहरू बिदेशी बस्तु हरुको आयात गरी त्यसैको नाफा र कमिसनमा रमाएका हुन्छन् । विदेशी उत्पादनहरुको प्रतिनिधि बनी कमिशन र नाफामा दलाल पुँजीपति बनेका हुन्छन् ।
सरकारलाई पनि हाइसन्चो ! एकातिर कर र कमिशन अर्को तिर वैदेशिक दलाल रोजगारदाता कम्पनी संग कमिशन र बिदेशीएका युवाहरू बाट आएको रेमिटेन्समा हालीमुहाली अनि राज्य संचालन ! वाह सरकार !वाह ! यसरी सजिलोसँग राज्य संचालन ! अनि मन्त्री र प्रधानमन्त्री किन नबन्नु ?
आफ्ना होनहार युवाहरुलाई बनि बुतो गर्न पठाएर त्यही बाहिरी देशले बिच्छाएको रातो कार्पेटमा सान र मानको साथ शिर उंचो गरेर हिँड्न तपाईं मन्त्रीहरु र प्रधानमन्त्रीहरुलाई अलि कति पनि लाज लाग्दैन र ?
अब गर्वका साथ भन्नुस् र गर्नुस् हामी राष्ट्रिय उद्योग धन्दा र कलकारखाना को बिकास गर्छौं । रोजगारीको बिकास गर्छौं । रुग्ण उद्योगहरुको पुनर्स्थापना गर्छौं राष्ट्रिय अर्थतन्त्रमा मुलभूत परिवर्तन ल्याउँछौं।
अब युवाहरूलाई आफ्नै देशमा पसिना र रगत सिंच्न सक्ने हिम्मत र वातावरण का साथ आउनुस् ।
बिदेशी पुँजीलाई आकर्षण गर्नुस् र नेपाल मै उद्योग धन्दा खोल्ने वातावरणको बिकास गर्नुस् ।स्वदेशी पुँजी पलायनलाई रोक्नुस्। राष्ट्रिय पुजीपतिहरुलाई उद्योग धन्दा खोल्न सक्ने वातावरण ऊनीहरुलाई संरक्षण दिनुस्।राज्यको तर्फबाट पनि उद्योग र कलकारखानामा लगानी गर्नुस् ! अनि किन रोजगार हुन सक्दैन ? हाम्रोलाई होईन राम्रोलाई हरेक क्षेत्रमा तैनाथ गर्नुस् । परिणाम संग सम्झौता गर्नुस् । नकि कमिशन र घुससंग ! त्यस पछि परिणाम के हुंदो रहेछ देखिन्छ नि!
अनि पुँजी परिचालनमा आउने परिणाम र परिवर्तनमा के हुँदोरहेछ ? देखिन्छ नि ! फोस्रो भाषण र थोत्रो आश्वासन दियो ! चुनाव जिते पछी अर्को चुनावसम्म फर्केर आउने होइन । त्यो गर्छु र यो गर्छु भन्यो । के भन्दा जनताको भोट चोर्न सकिन्छ त्यही भन्यो ! आफैले आफ्नो घोषणापत्रलाई धोती पत्रामा रुपान्तरण गर्यो ! सबैले जेन जी आन्दोलनबाट सिक्नै पर्छ नत्र उही हो भोगी हाल्नु भा छ नि ! अब ख्याल ख्याल नसोच्नु होला नेताज्यू हरु ।
अब सहिद परिवारका सदस्यहरुबाट लखेटिएको देख्न नपरोस् त्यो दिन आउन सक्छ ।
यो चुनाव एकदमै चुनौतीपुर्ण ( च्यालेन्जिगं) छ ! अब हामीलाई तपाईंहरूको भट्काऊपुर्ण भाषण चाहिंदैन! अब भाषणबाट मात्रै भोट आउँदैन । तपाईंहरूको सुकर्म र कुकर्म दुवै नेपाली जनताले देखी सकेका छ्न्! तपाईंहरूले गरेको कर्म का आधारमा भोट पाउनु हुनेछ ! पटक पटक मौका जनताले दिँदैनन् भन्ने बुझ्नु भएन भने तपाईंहरूको राजनीति सकिनेछ ! यसैले जनतामा पलाएको आशा नेपाली कम्युनिस्ट पार्टीले केहि गर्छ कि भन्ने हो ।तुलनात्मक रूपमा हेर्दा नेपाली कम्युनिस्ट पार्टीले बिगतमा अरुले भन्दा राम्रो गरेकै हो । जेनजीले मानेको ठानेको पार्टी पनि नेपाली कम्युनिस्ट पार्टी नै हो ।यसको माग पनि नेपाली कम्युनिस्ट पार्टीले पुरा मात्र गर्न सक्छ ।
जेन जी को माग पनि पुरा गर्न यही पार्टीले मात्रै आफ्नो हैसियत राख्द्छ। तसर्थ तारा पार्टीमा आफ्नो अमुल्य मत जाहेर गरौं भन्ने मेरो अनुरोध छ यहाँहरु सबै प्रति ! किन कि मेरो ठम्याइ यसैले राम्रो गर्छ भन्ने हो ।
