उनको जीवन दर्शन नै समाजसेवा हो । समाजसेवामा उनले गुपचुप रुपमा कीर्तिमान नै राखेका छन । गरीबका झुपडी उनका समाजसेवाका सवावहार स्थायी मुकाम हुन । जाडोमा कठाँग्रिएका जनलाई न्यायो कपडा दिएर होस वा खानेपानी नभएको ठाउँमा धारा,ईनार बनाईदिएर होस, उनले स्थानीय जनको समस्यामा मल्हम लगाउदै आएको बषौं भयो । स्थानीय जनको शिक्षा, स्वास्थ्य, यातायात, कृषि, आदिमा उनले कति सहयोग गरे, साथ दिए, त्यसको कुनै हिसाब छैन । बाटो खन्नेदेखि खेतीबालीमा सघाउने सबै सबै काममा उनले स्थानीयको मन जितेका छन, सहयोगी सेवक भएर । त्यसैले सर्लाहीका बस्ती बस्ती र जनजनका लागि उनी चिरपरिचित दुखका सारथि हुन । संकटका समाधान हुन । समस्याका समाधान हुन । त्यसैले आगामी फागुन २१ को आम चुनावमा त्यसैकारण उनी सर्लाहीबाट विजयका हकदार हुन ।
आफ्नो मौलिक समाजसेवी भूमिकाले स्थानीय तहमा सर्वाधिक प्रिय रहेका उनी अर्थात नरेन्द्र साह खासमा अब्बल, सफल र निरन्तर उकालो चढिरहेका पर्यटन व्यवसायी हुन । लामो व्यवसायिक करिअरमा कहिल्यै पछाडि फर्केर हेर्नु नपरेका नरेन्द्रले प्राकृतिक सुन्दरले भरीपूर्ण नेपालको सुन्दर भूगोल, जीवन र जीवन्त संस्कृतिको प्रवद्र्धन गरेर देश विकासको मेरुदण्ड पर्यटन क्षेत्रमा पुर्याएको योगदान सदा सर्बत्र स्तुत्य छ । उनले विदेशी मुद्रा आर्जन गरेर देशको अर्थतन्त्र बलियो पार्न, स्वदेशमा रोजगारी सृजना गरेर बेरोजगारी अन्त्य गर्न दिएको योगदान सरकारको, राज्यको अभिलेखमा स्वर्णाक्षरले लेखिएको छ । अझ, देशको सुन्दरताको अन्र्तराष्ट्रियकरणमा पर्यटन व्यवसायीकै रुपमा अतुल्य योगदान दिदै आएका छन । सफल क्यासिनो व्यवसायीका रुपमा नरेन्द्रले पर्यटकीय हब नेपाललाई बनाउन सधै अब्बल र सफल रहे । आफूभन्दा बढी आफ्नो देशलाई माया गर्ने उनले देश हित र जनसेवालाई नै धर्म सम्झेर कर्म गरे ।
त्यसैले पर्यटन व्यवसाय मार्फत देश विकासको चाह राख्ने देशैभरका मतदाताका लागि पनि नरेन्द्र प्रतिनिधि सभामा माननीयका रुपमा पुग्नै पर्ने पात्र हुन । देशको नयाँ बन्ने संसदले खोजेको पात्र नरेन्द्र साहहरु जस्तै असल, सफल अनुहार नै हुन । माननीयको मर्यादा राख्न यस्तै अनुहारहरु खोज्दै देशले जेनजी आन्दोलनको मार र भार खोजेको स्मरणीय नै छ ।
ऋहिलेसम्मको वेदाग छबी, युवा सोच अनि सफल करिअर र व्यवसायिक पृष्ठभूमिले नरेन्द्रलाई माननीयको जिम्मेवारी सेवा हो भन्ने पुष्टि गर्न मद्धत गर्छ । संसदमा उनको यो पहिलो प्रयाश पनि हैन । उनी अनुभवी छन । उनले संविधान सभाको सदस्यको रुपमा देशलाई संविधान दिने कार्यभार पनि कुशलतापूर्वक निर्वाह गरिसकेका छन । पूर्व सभाषद नरेन्द्र यसपट्क साँसदका रुपमा देश विकासका संवाहक माननीय हुने दौडमा छन । जननिर्वाचित साँसदका रुपमा उनले गर्न खोजेको काम देश विकासको संवाहक र जनताको सेवक हुनु मात्रै हो । उनले कमाउधनदाका लागि संसद ताकेका हैन्न ।
प्रत्यक्षतर्फ तेस्रो पट्क नरेन्द्र जनतावीच साँसद हुने परीक्षा दिईरहेका छन । पहिले स्वतन्त्र, एकपट्क माओवादीका तर्फबाट र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उनले सर्लाहीका मतदातासंग मत, विश्वास लिने कोशिस गरेका छन । देशभर रास्वपाको पक्षमा उर्लिदो जनलहर अनि नरेन्द्र स्वयंको समाजसेवी जीवनशैली र संस्कारले उनलाई विजयको हकदार बनाएको छ । प्रतिक्षा केवल फागुन २१ को मतदानको हो ।
विचारमा प्रष्ट, आर्थिक पारदर्शितामा मिष्टरक्लीन अनि जनताको सेवालाई नै जीवनको मर्म र धर्म मान्ने आनीबानी, जीवनशैलीले नरेन्द्रलाई जनजनका मनमा भरोसायोग्य बनाएको छ । प्रतिष्पर्धीहरु विरुद्ध नरम भएरै जनजनको मन जित्न सधै फिल्डमा नै तैनाथ रहने उनको दैनिकीले उनलाई मतदाताको मन मनमा बस्न सधै सघाएको छ । उनको यो जनतालाई भगवान मान्ने संस्कार नै नरेन्द्रको चुनावी विजयको आधार हो ।
व्यूरो रिर्पोट, जीटिभी नेटवर्क, काठमाण्डौं ।
