नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदमा १६ जनाको दरखास्त

काठमाडौँ। नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गर्दा तोकिएको समयसीमा भित्र जम्मा १६ जनाले दरखास्त दिएका छन्।

गत कार्तिक २७ गते गोरखापत्र दैनिकमार्फत १५ दिनको सूचना प्रकाशित गरिएको थियो। सोही अनुसार मंसिर ११ गते बुधबारसम्म छनौट समितिको सचिवालयमा १६ वटा दरखास्त परेको निगमले जनाएको छ।

‘नेपाल वायुसेवा निगम महाप्रबन्धक छनौटसम्बन्धी कार्यविधि, २०८२’ अनुसार छनौट प्रक्रिया अघि बढाइने निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *