प्रकाशकीयः
‘सबैभन्दा पहिला देश, सबैभन्दा माथि देश ‘ यही सत्यलाई आत्मासात गर्दै २०८२ साल जेठ १५ बिहिवारदेखि जिटिभी नेटवर्कले आफ्नो अनलाईन संस्करण www.gtvnetworknepal.com को औपचारिक प्रसारण आरम्भ भएको छ । स्याटेलाईट टेलिभिजन च्यानल जिटिभीको अनलाईन पत्रिकाका रुपमा www.gtvnetworknepal.com ले आम पाठक तथा दर्शकहरुमा सत्य तथ्य र निष्पक्ष सूचना, समाचार, विचार र विज्ञापनको सारथिका रुपमा अनवरत सेवा गर्ने प्रण र प्रतिज्ञा गर्दछ ।
सूचना प्रविधिको अत्याधुनिक विकासले संसारलाई हत्केलामा कैद गरेको पछिल्लो विश्व परिवेशमा एउटा अनलाईनको सुरुवात आफैंमा कुनै उपलब्धि होईन, यसले पस्कने सूचना, समाचार, विचार नै यसलाई परीक्षण गर्ने पत्याउने र सहकार्य गर्ने आधार स्तम्भ हुन भन्ने तथ्यमा हामी पूर्ण सजग र सचेत छौं । असंख्य अनलाईनहरुको भीडमा एक अनलाईनको संख्या थप्ने र भद्धा औपचारिकताका समाचारले समआदरणीय पाठक तथा दर्शकहरुलाई भुलभुलैयामा पार्ने मात्र www.gtvnetworknepal.com काे प्रयास हुने छैन । हामी तथ्यमा आधारित सत्यको उजागर गर्दै सत्यलाई साथ र झुट, बेईमानी र भ्रष्ट पात्र, प्रवृत्ति र चरित्रको विपक्षमा सतिशाल झैं निरन्तर खडा हुनेछौं ।
राज्यको चौथो अंगको उपमा पाएको पत्रकारिता तथा आम संचारको एक पछिल्लो सदस्यका रुपमा हामी पूर्ण व्यवसायिक र जिम्मेवार पत्रकारिता तथा सञ्चार कर्ममा मन, वचन र कर्मले सदा समर्पित रहिरहने प्रतिज्ञा गर्दछौं । सामाजिक सञ्जालको बेलगाम पहुँचले आम जनसाधारणमा सृजना गरेका व्यापक नकारात्मक असर र प्रभावबाट मुक्त भएर हामी देशहित, नागरिक अधिकारको उच्च सम्मान र जनउत्तरदायी राजयसत्ता र शासन व्यवस्थाका पक्षमा निरन्तर खबरदारी गरिहने वाचा गर्दछौं ।
शीरमा देश र देशभत्तिलाई राखेर सबैभन्दा पहिला देशको हितका लागि पूर्ण ईमान र निष्ठाका साथ जनाधिकारको रक्षा र सम्मानमा दत्तचित्त भएर हर शब्द र दृश्यको माद्यमले राष्ट्र र जनसेवा नै www.gtvnetworknepal.com को व्यवसायिक कर्म र धर्म हुनेछ । हामी कुनै पनि बाद र तन्त्रको पृष्ठपोषक होईन र देश र जनताको सेवकका रुपमा आफूलाई कर्मक्षेत्रमा खरो उर्तान कटिवद्ध हुनेछौं ।
जिटिभी नेटवर्कले स्याटेलाईट मार्फत आफ्ना प्रसारण संकेतहरु आम नेपालीको घर-घर, कोठा-कोठा, र हात-हातमा पुर्याउने छ भने यसको भातृ संस्थाका रुपमा www.gtvnetworknepal.com ले आफ्ना सम्मानित पाठक र दर्शकलाई सञ्चार सेवा गर्नेछ । देश र जनताको हित, उन्नति, प्रगति तथा सम्वृद्धिमा सहायक हुने गरी सञ्चार कर्ममा ईमानका साथ डटेर अघि बढ्न हामी कोही कसैसंग कुनै सम्झौता गर्ने छैनौं । टेलिभिजनका प्रसारण संकेतहरु यो प्लेटफर्म मार्फत पनि यहाँहरुले हेर्न सक्नुहुनेछ ।
हाम्रो यो नयाँ यात्रामा सघाउन हामी देश विदेशमा रहनु भएका समस्त पाठक, दर्शक, विज्ञापनदाता सबैमा सनम्र निवेदन गर्दछौं । हामी सकेसम्म त्रुटीरहित सञ्चार कर्मलाई जोड दिनेछौं । कुनै कारणवश हामीबाट कुनै भुलचुक हुन गएमा हामीलाई सचेत गराउन हामी सम्वद्ध सबैमा नम्र निवेदन पनि गर्दछौं । सकारात्मक कुराको समर्थन र देश र जनता विरोधी कुनै पनि हर्कतको पर्दाफास गर्न हामी निडर र निर्भिक रुपमा अघि बढ्नेछौं । हाम्रो यो दीर्घकालिन मिडिया मिसनमा यहाँहरु सबैको साथ र सहयोगको निरन्तर अपेक्षा राख्दछौं ।
सबैको भलो होस, सबैको जय होस, सबैमा मंगल कामना ।
उदयराज ढकाल
संस्थापक, निर्देशक
जिटिभी नेटवर्क