कुलिङ पिरियडको हेरेफेर बारे समितिका सभापति खतिवडासँग बयान

काठमाडौं । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानी छानविन गर्न बनेको विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिएको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियार सभापति रहेको सो समितिमा उपस्थित भएर खतिवडाले बयान दिएका हुन् । संघीय निजामती सेवा विधेयकको दफामा भएको हेरफेरको छानविन गर्न समिति बनेको हो ।

विशेष समितिको सदस्यहरुमा नेपाली कांग्रेसबाट सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य, इश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *