काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेर रोकिएको छ।
नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार पनि उत्साहजनक तबरले बढेको छ। यस दिन कुल ३३० स्टकको १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको छ। यस अघि मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद विक्री भएको थियो।
आज सेन्सेटिभ इन्डेकस ७.८६ अंकले बढेको छ। फ्लोट इण्डेक्स २.६६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.८२ अंकले बढेको छ।
यस दिन १० प्रतिशत केबिएल डिबेन्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको मूल्य यस दिन प्रतिकित्ता १२८.४३ रुपैयाँले बढेर १४१२.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी यस दिन थ्रि स्टार हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६.५० रुपैयाँले बढेर ७३१.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस्तै, यस दिन ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ११५.३५ रुपैयाँले बढेर प्रतिकित्ता १४८६.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन माइखोला हाइड्रो पावर लिमिटेडको शेउयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७८.२७ प्रतिशतले घटेर ९१५.९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी नारायणी डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ४९.०७ रुपैयाँले घटेर १६४३.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
