मधेस प्रदेशका मुख्यमन्त्री सिंह र भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

काठमाडौँ। भारतको उत्तरप्रदेशका मुख्यमन्त्री माननीय योगी आदित्यनाथ र मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहबीच बिहीबार भेटवार्ता भएको छ। मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमा लेख्दै जानकारी दिएका हुन्। तर कहाँ भएको हो भनेर उनले खुलाएका छैनन्। ‘भेटमा जननी जानकीकाे पवित्र भूमि जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकासकाे बृहत्त सम्भावनाका विषयमा विषयमा कुराकानी भएकाे छ’ सामाजिक सञ्जालमा उनले लेखेका छन् । ‘रामायण सर्किट र सीता सर्किट विकास, अयाेध्यामा रामलला दर्शन गर्न पुग्ने असँख्य पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेश प्रदेशकाे धार्मिक पर्यटन प्रवर्द्धनका लागि उत्तर प्रदेश सरकारकाे सहयाेग आदि विषयमा केन्द्रित भेट अत्यन्त सकारात्मक एवम् सार्थक रह्याे’ उनले फेसबुकमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *