काठमाडौं । नेकपा (एमाले) का सांसद पदम गिरीले बिग्रिएको अर्थतन्त्रलाई अहिलेको सरकारले लयमा फर्काएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गिरीले केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्दै गर्दा मुलुकको अर्थतन्त्र एकदमे समस्यामा रहेको र उस्तै परे अर्थतन्त्र क्र्यास हुन्छ भनेर अर्थविद्हरुले भनेको अवस्था रहेको स्मरण गर्दै अहिलेको सरकारले अर्थतन्त्रको समस्याको सही पहिचान गरी समाधान गरेको दाबी गरेका हुन् ।
उनले भने,‘यो सरकारले अर्थतन्त्रलाई लयमा फर्काएको छ, यो कुरा तथ्य र तथ्यांकले बताएको छ । यो मैले भनिरहनुपर्ने कुरा होईन ।’ उनले अहिलेको सरकारले राजश्वपनि धेरै राम्रो संकलन गरेको तथ्यांक पेश गरे । यही असार २६ गतेसम्म एक खर्ब ८ अर्बले राजश्व वृद्धि भएको उनले तथ्य पेश गरे । यद्धपी उनले जनताको आकांक्षा सम्बोधन गर्न जुनखालको गतिमा काम हुनुपर्ने थियो त्यो हुन नसकेको गुनासो पोखे । विकास निर्माणको काममा पनि तिव्रता दिन उनले सरकारलाई सुझाए ।
