अमेरिकी आणविक वार्ताको कुनै निश्चित मिति नतोकिएको इरानको भनाइ

तेहरान । इरानले तेहरानको आणविक कार्यक्रमबारे संयुक्त राज्य अमेरिकासँगको वार्ताका लागि कुनै निश्चित मिति नभएको बताएको छ ।

इरानी विदेश मन्त्री अब्बास अराघची र अमेरिकी राजदूत स्टिभ विटकोफबीच हुने भेटवार्ताको योजनाबारे विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले भने, “यस विषयमा कुनै निश्चित मिति, समय र स्थान निर्धारण गरिएको छैन ।”

गत महिना इजरायलले अमेरिकाको आणविक केन्द्रहरुमा आक्रमण सुरु गर्नुअघि इरानले अमेरिकासँग वार्ता गरिरहेको थियो।

अराघची र विट्कोफ नेतृत्वको प्रतिनिधिमण्डलले अप्रिलसम्ममा पाँचौँ चरणको वार्तापछि थप वार्ताको तय हुने अपेक्षाबीच कुनै सम्झौता बिना नै इजरायलले १३ जुनमा आश्चर्यजनक आक्रमण सुरु ग¥यो जुन १२ दिनपछि रोकिएको थियो ।

“हामी कूटनीति र वार्ता प्रक्रियामा गम्भीर छौँ, हामी सद्भावका साथ प्रवेश गरेका छौँ तर सबैले देखेअनुसार, छैटौं चरणभन्दा पहिले संयुक्त राज्य अमेरिकासँग समन्वय गरेर यहूदी शासनले इरानविरुद्ध सैन्य आक्रमण गरेको थियो,” बाकाईले भने ।

संयुक्त राज्य अमेरिकाले गत जुन २२ मा तेहरानको दक्षिणमा कोम प्रान्तको फोर्डोस्थित युरेनियम संवद्र्धन केन्द्र र इस्फाहान र नातान्जमा रहेको आणविक स्थलमा आक्रमण गरेको थियो ।आक्रमणबाट कति क्षति भयो भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

सयौँको सङ्ख्यामा सैन्य, आणविक र अन्य स्थलहरूमा आक्रमण गरी इजरायलले आफ्नै आक्रमणबाट इरानीे आणविक वैज्ञानिक र उच्च पदस्थ सैन्य अधिकारीसहित सर्वसाधारणको मृत्यु भएको थियो।

इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो भने वासिङ्टनको आक्रमणको बदलामा कतारस्थित अमेरिकी बेसमा आक्रमण गरेको थियो । इजरायल र पश्चिमा राष्ट्रहरूले इरानमाथि आणविक हतियारको पछि लागेको आरोप लगाउँदै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा निगरानी निकायले युरेनियमलाई ६० प्रतिशत शुद्धतासम्म संवर्धित गर्ने एकमात्र गैरआणविक शक्ति राष्ट्र भए पनि इरानले आफ्नो भण्डारलाई हतियार बनाउन काम गरिरहेको कुनै सङ्केत आफूसँग नभएको बताएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *