काठमाडौं । शतप्रतिशत शिक्षकहरु खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिनुपर्ने, विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने, विद्यार्थीको प्रतिनिधित्व विना सिनेट बैठक अमान्य हुने मागसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । आन्दोलनरत विद्यार्थीहरू नेताहरुलाई धरपकड गरी गिरफ्तार गरेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।
नेविसंघ केन्द्रीय सदस्य तथा नेपाल कर्मश क्याम्पसका इकाई अध्यक्ष सरोज तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका निर्वतमान स्ववियु सभापति तथा सिनेट सदस्य श्याम राज ओझा, काठमाण्डौँ जिल्ला अध्यक्ष अनसुल केसी, नेवि संघ नेपाल कर्मश क्याम्पसका उपाध्याक्ष तथा स्ववियु कोषाध्यक्ष शुशिल खड्का, नेपाल इन्जिनियरिङ्ग कलेजका इकाईका अध्यक्ष पृथ्वीजंग थापा, नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनका अध्यक्ष महेन्द्र खड्का, विद्यार्थी नेता उत्सव देवकोटा, रन्विर विष्ट, एलेक्स सिंघानियासहित दर्जनौं विद्यार्थी नेताहरु पक्राउ परेको बताइएको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरूलाई बिना शर्त तुरुन्त रिहाइको माग गरेका छन् ।
