गिरिजाप्रसादले म प्रति देखाउनुभएको भरोसालाई कहिल्यै बिर्सनेछैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाको लागि आफूप्रति देखाएको भरोसा र दिएको सुझावलाई कहिल्यै नबिर्सने प्रतिबद्धता जनाएका छन् । कोइरालाको १५औं स्मृति दिवसको अवसरमा श्रद्धा एवम् सम्मान प्रकट गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले गिरिजाले दिएको सुझावअनुसार अन्तिम समयसम्म लड्नेपनि प्रतिबद्धता जनाएका छन् । दाहालले गिरिजासँगको पूरानो तस्विर साझा गर्दै फेशबुकमा लेखेका छन्– नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु। उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन। त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *