राप्रपाको किचलो निर्वाचन आयोगसम्म, संस्थापन इतर पक्षबाट अध्यक्षलाई काउन्टर

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी निर्वाचन आयोगमा उजुरी दिन पुगेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिको अध्यक्षबाट हटाइएपछि उनले निर्वाचन आयोग गुहारेका हुन् ।

गत असार २५ गते राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको अध्यक्षबाट सुवेदीलाई हटाएका थिए । सुवेदीको ठाउँमा लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई उक्त समितिको अध्यक्ष बनाएका थिए ।

आज विहान कार्यलय खुल्नेबित्तिकै निर्वाचन आयोगमा पुगेका सुवेदीको साथमा महामन्त्री धवल शमशेरलगायतका इत्तर समूहका नेताहरु पनि सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *