काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल आइतबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेर तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको हो । शुक्रबार तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै आइतबार चाँदीको मूल्य तोलामा २ हजार २८५ रुपैयाँ पुगेको छ । शुक्रबार भने चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
