आज दुई संसदीय समितिको बैठक बस्दै, के-के छ एजेण्डा ?

काठमाडौं । आज संघीय संसदअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । दुबै समितिको बैठक बिहा साढे ११ बजे सुरु हुने छ ।

प्रत्यायोजित समितिको बैठकमा असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, मन्त्रालयसँग सम्बन्धित आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरू र विविध विषयमा छलफल हुनेगरी एजेन्डा छ ।

त्यस्तै सोही समयमा बस्ने सरोकार समितिको बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारवाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुन कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *