काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुलाई नियन्त्रणमा लिन वर्तमान सरकारले असार २७ गते निकै राजयशक्ति खर्च गरेको छ । प्रहरीले विश्व हिन्दू महासंघकी अध्यक्ष अस्मिता भण्डारीलाई दिनभर नियन्त्रणमा लिएर छाडेको छ। शुक्रबार नै शाहका संवाद सचिव डा. फणिराज पाठकलाई पनि नियन्त्रणमा लिएको थियो। पाठकलाई सोधपुछ गरेर बेलुका घर पठाइएको थियो।
म्हासंघकी अध्यक्ष भण्डारीलाई भने असार २३ गते पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्वस मनाउन सक्रिय भूमिका खेलेको आरोपमा प्रहरीले शुक्रबार बिहान बानेश्वरबाट नियन्त्रणमा लिएर छाडेको हो। प्रहरीले भण्डारीलाई कागज गराएर छाडेको पारिवारिक स्रोतले जानकारी दियो।
दिनभर नियन्त्रणमा लिएर प्रहरीले अध्यक्ष भण्डारीसँग पूर्वराजाको जन्मदिन मनाउनूको कारण, खर्चको स्रोतबारे सोधिखोजी गरेको बताईएको छ। शाहको जन्मदिनमा हजारौं नागरिक स्वतस्र्फूत निर्मल निवास पुगेका थिए। बिभिन्न नाकाबाट समुहमा नागरिकलाई आउन पनि बन्देज लगाएको थियो । त्यसरी मानिसहरु बोलाउनूको प्रयोजनबारे पनि प्रहरीले अध्यक्ष भण्डारीसंग सोधेको बताईएको छ।
ऋाफ्नै कुशासन र दुष्कर्म दिनदिनै अलोकप्रिय बन्दै गएको काँग्रेस एमाले गठबन्धनको वर्तमान सरकारले राजाका सहयोगीहरुलाई छानी छानी नियन्त्रणमा लिएर राजासंस्था पुर्नस्थापनाको आन्दोलनलाई धक्का दिने असफल प्रयाश तिव्र पारेको तथ्य शुक्रवार संवाद सचिव डा. फणीराज पाठक र विश्वहिन्दु महासंघी अध्यक्ष भण्डारीमाथि गरेको ज्यादतीले स्पष्ट पारेको छ । सरकारको यसखाले हर्कतको देशभक्तहरुले तिव्र विरोध गरिरहेका छन ।
