पार्टी एकता गर्ने माधव नेपाल र वामदेव गौतमबिच सहमति, साउन २ मा घोषणा

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र माधव नेपाल नेतृत्वका नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने भएको छ ।

माधवकुमार नेपाल र वामदेव गौतमबी भएको सहमतिअनुसार आगामी साउन २ गते दुई दलबीच एकता हुने भएको हो । वामदेव नेकपाकालमा पार्टी विभाजन गर्न नहुने पक्षमा उभिएका थिए ।

पछिल्लो समयसम्म उनले वामपन्थीहरुबीच एकताको लागि प्रयास गरेका थिए । योबीचमा वामदेव एमालेमा प्रवेश गर्ने हल्लासमेत चलेको थियो । तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई एमालेमा भित्र्याउन अनिच्छा गरेपछि वामदेवको बाटो एकीकृत समाजवादी पार्टीतर्फ मोडिएको हो ।

अहिले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । कतिपयले एकीकृत समाजवादीमा नेतृत्व परिवर्तनको बहससमेत चलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *