२५ अंकले बढ्यो नेप्से परिसूचक,साढे ९ अर्बको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झन्डै २६ अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार बजार २६.८९ अङ्कले बढेर २ हजार ७३१.८० को बिन्दुमा पुगेको हो । 

यस दिन कुल २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

यसैगरी उपसूचकतर्फ हाइड्रो र व्यापार उपसमूहको सेयरमा गिरावट आउँदा अन्य समूहको सेयर वृद्धि भएको छ । 

नेप्से वृद्धि भएको दिन सबैभन्दा बढी सेयर एनआरएनए इन्फ्रास्टक्चरको किनबेच भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *