दमौली (तनहुँ) । तनहुँकाे शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब रु. आठ लाखबराबरको क्षति भएको छ ।
आगलागीबाट रु. सात लाख ९८ हजारबराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए । आगोले ९० वटा कुर्सी, चारवटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन् ।
