सुनको मूल्य स्थिर, चाँदीको घट्यो 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको १५ रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा २ हजार ४५ रुपैयाँमा कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *